माईभ्याली गोल्डकप : पाहुना टिमलाई हराउँदै रुपन्देहीको विजयी यात्रा सुरु

 फागुन १५, २०७६ बिहिबार २०:५५:३१ | सुजता सुनुवार
unn.prixa.net

इलाम - बिहीबारबाट सुरु भएको माइभ्याली गोल्डकपको छैटौँ संस्करणको उद्घाटन खेलमा गोर्खा ब्वाइज एफसी रुपन्देही विजयी भएको छ ।

पाहुना टिम भारतको कोहीमा इगल एफसी नागाल्याण्डलाई हराउँदै रुपन्देहीले विजयी यात्रा सुरु गरेको हो । 

इलामको ठूलो टुँडिखेलमा भएको खेलमा रुपन्देहीले नागाल्याण्डलाई शून्य-चार गोलले पछि पारेको हाे ।

हाफपछि सुरु भएको खेलमा रुपन्देहीले नागाल्याण्डलाई निक्कै दबाबमा राखेको थियो । खेल सुरु भएको २१ मिनेटमा रुपन्देहीका खेलाडी जर्सी नम्बर ८ का हामजतले पहिलो गोल गरेका थिए । हाफपछिको ३२ औ  मिनेटमा पुनः रुपन्देहीका जर्सी नम्बर ७ का फोडे फोफनाले दोस्रो गोल थपेर जितको नजिक पुग्न सफल भएको थियो । 

दुई गोलले पछि परेर कमजोर बनेको टिम नागाल्याण्डले पाएको केही सुर्वण अवसर भने गुमाएको थियो । इन्जुरी समयमा फेरि रुपन्देहीका जर्सी नम्बर ११ का शक्ति राईले एकपछि अर्को गर्दै २ गोल गरेपछि भने फराकिलो गोल अन्तरले पछि पर्दै नागाल्याण्डको यात्रा यतिमै टुङ्गिएको हो । खेलको म्यान अफ दी म्याच समेत शक्ति राई नै घाेषित भए ।

फागुन १६ गते भने आयोजक माईभ्याली फुटबल क्लब र ग्यान्टोक सिटी फुटबल क्लब सिक्किमबीच दोश्रो प्रि–क्वाटरफाइलनको लागी प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

आउँदाे २४ गतेसम्म हुने यस प्रतियोगितामा शहीद स्मारक ए डिभिजन लिगका विजेता मछिन्द्र क्लबसहित १० टिमकाे सहभागिता रहेको छ ।

प्रतियाेगिताकाे विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजक माईभ्याली क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया