इलाम र बझाङमा भोलि हुने उपचुनावको सुरक्षा व्यवस्थापनको काम पूरा
बैशाख १४, २०८१ शुक्रबार
भोजपुर - लामो समयदेखि बन्द रहेको जिल्ला अस्पतालको प्रसूति सेवा फेरि सञ्चालनमा आएको छ ।
प्रसूतिका लागि विषेशज्ञ डाक्टर नहुँदा गएकाे साउन अन्तिम सातादेखि बन्द रहेको सेवा एमडीजीपी डाक्टर अमितेसराज पाण्डे आएपछि शुक्रबारदेखि सञ्चालनमा आएको हो । डाक्टर पाण्डेसहित जिल्ला अस्पताल भोजपुरकी प्रमुख डाक्टर पवित्रा श्रेष्ठ लगायत अन्य स्वस्थ्यकर्मीको टोलीले एक महिलाको सफल शल्यक्रियासमेत गरेर प्रसूति समेत गराएका छन् ।
अस्पतालमा सामान्य प्रसूति सेवा सञ्चालनमा आए पनि शल्यक्रियाबाट गरिने प्रसूति सेवाका लागि धरान, विराटनगर तथा काठमाण्डौका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।
अस्पतालमा मासिक ६ देखि ७ जनासम्म महिलाको शल्यक्रियाबाट प्रसूति गराउनुपर्ने अवस्था रहने गरेको जिल्ला अस्पताल भोजपुरकी प्रमुख डाक्टर पवित्रा श्रेष्ठले बताउनुभयो ।
डाक्टर श्रेष्ठले भन्नुभयो, ‘सात महिनासम्म बन्द रहेको प्रसूति सेवा सञ्चालनमा ल्याउन पाउँदा धेरै खुसी लागेको छ, अब हाम्रा दिदीबहिनीहरुले आफ्नै जिल्लामा राम्रो सेवा पाउने अवस्था बनेको छ, सेवा सञ्चालनमा ल्याउन पहल गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद ।’