म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - सडक मर्मत भइरहेकाले काठमाण्डौ मुख्य नाका नागढुङ्गामा लामो जाम भएको छ । दुई हप्तादेखि नागढुङ्गा नौबिसे सडकखण्डमा सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।
यसकै कारण दिउँसाे र बेलुकी यो सडकखण्डमा एक लेनमा मात्रै गाडी चलाउने गरिएको छ । जसका कारण जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालोपत्रे गर्ने समय छुट्ट्याए पनि निर्माण सामग्री लगायत अभावका कारण बेलैमा काम हुन नसकेको ट्राफिक प्रहरीले बताएका छन् ।
यस्तै यतिबेला काठमाण्डाै उपत्यकामा विभिन्न ठाउँमा पनि जाम छ । कार्यालय छुट्ने समय भएकाले कोटेश्वर, महारगञ्ज, थापाथली, त्रिपुरेश्वर, केशरमल, गौशालालगायत ठाउँमा जाम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।