कोरोना भाइरसले भ्रमण वर्षलाई प्रभाव पारेकाे छैन : सुरज वैद्य

 फागुन १६, २०७६ शुक्रबार १८:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - 'नेपाल भ्रमण वर्ष २०२०' सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनै पनि कार्यक्रमहरु प्रभावित नभएको बताउनुभएको छ । 

शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाण्डौमा आयोजित कार्यक्रममा संयोजक वैद्यले पर्यटन वर्षका कुनै पनि कार्यक्रमहरु कोरोना भाइरसका कारण प्रभावित नभएका र नहुने बताउनुभएको हो । 

उहाँले भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटन नेपाल भित्र्याउने मात्र नभइ नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र लगानी गर्ने पनि भएकाले कोरोना भाइरसको प्रभाव नपर्ने दावी गर्नुभएको हो । 

उहाँले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यहरुको विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने काम भइरहेको बताउनुभयो । भ्रमण वर्षको उद्देश्य पर्यटनको गन्तव्यहरु विकास गरी नयाँ रोजगारी सिर्जना गर्ने पनि भएकाले ती कामहरु भइरहेको बताउनुभयो । 

सगरमाथा, पोखरा, चितवन,काठमाण्डौमा मात्र केन्द्रित भएको पर्यटनलाई सुदूरपश्चिमदेखि पूर्वसम्म फैलाउन कोरोना भाइरसले कुनै पनि अवरोध नगरेको उहाँले बताउनुभयो ।

उहाँले कोरोना भाइरसको कारण २० लाख पर्यटक आउन नसके पनि भ्रमण वर्षलाई पर्यटनको आधार वर्षको रुपमा लिइएकाले आउँदाे वर्षदेखि पर्यटकहरुको वृद्धि हुनेगरी काम भइरहेको बताउनुभयो । 

उहाँले भ्रमण वर्ष २०२० लाई पर्यटनको आधार वर्षको रुपमा तयार गरी पर्यटकीय क्षेत्रमा लगानी वृद्धि गर्ने, प्रवर्द्धन गर्ने काम भइरहेको जानकारी दिनुभयो। 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया