दिल्ली हिंसा : ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो, ६ सय ३० गिरफ्तार

 फागुन १६, २०७६ शुक्रबार २३:०:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - दिल्ली हिंसामा ज्यान गुमाउनेको सङ्ख्या शुक्रबार ४२ पुगेको छ । भारतमा तीन दशकयताकै सबैभन्दा खराब हिंसा भएको हो ।

एमएस रन्धावा, पीआरओ दिल्ली प्रहरीले दिएको जानकारी अनुसार उत्तर- पूर्वी दिल्लीमा भएको हिंसामा अहिलेसम्म १ सय २३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । झण्डै ६ सय ३० जनालाई गिरफ्तार गरिएको छ भने २५ जनाविरुद्ध हतियारसम्बन्धी मुद्दा दर्ता गरिएको छ । 

हिंसामा भएको वास्तविक क्षति अब देखिन थालेको छ । केही मानिसहरू काम गर्न घरबाहिर निस्किएको र हिंसा प्रभावित इलाकामा केही पसल र केही अन्य प्रतिष्ठान पनि खुलेको देखिन्थ्यो ।  

सरसफाइकर्मीहरु चार दिनदेखिको हिंसापछि उत्तर-पूर्व दिल्लीको सडक र गल्लीमा ढुङ्गा, सिसा र काँचको टुक्रा तथा फोहोर उठाइरहेका देखिन्थे । 

केही पसलका सञ्चालकहरु आफ्नो जलेको र टुटेफुटेको पसलको अवस्था देखेर खिन्न देखिए । प्रहरी र अर्द्धसैनिक बलका अधिकारी मस्जिदमा जुमेको नमाजलाई ध्यानमा राखेर ड्युटी गरिरहेका देखिन्थे । 

नागरिकतासम्बन्धी कानुनले मुस्लिम समुदायलाई विभेद गरेको भन्दै सुरु भएको आन्दोलनमा गएको आइतबारदेखि पक्ष र विपक्षबीच हिंसा भएको हो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया