दक्षिण कोरियामा एकैदिन कोरोनाका ६ सय बिरामी भेटिए

 फागुन १७, २०७६ शनिबार १२:४८:४९ | एजेन्सी
unn.prixa.net

दक्षिण कोरियामा हिजो एकैदिन ५ सय ९४ जनामा कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो संख्याको सङ्क्रमण हो । कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार दक्षिण कोरियामा २ हजार ९ सय ३१ जना कोरोनाका बिरामी छन् ।

दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसका कारण १६ जनाले ज्यान गुमाइसकेका छन् । चीनबाहिर सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएको देश दक्षिण कोरिया हो । कोरोनाको संक्रमण तीव्र बनेसँगै दक्षिण कोरियाको देगु लगायतका प्रान्तमा उच्च सतर्कता अपनाइएको छ भने जनजीवन कष्टकर बन्दै गएको बीबीसीले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा इरानमा थप २ सय १० जनाको ज्यान गएको अस्पताल स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमित २ हजार ९ सय २४ जनाको ज्यान गैसकेको छ भने ८५ हजार २ सय १० जनामा संक्रमण पुष्टि भएको छ । ३९ हजार ५ सय ३४ जना भने उपचार पछि घर फर्किएका छन् ।

कोरोना संक्रमणका कारण विश्वव्यापी चिन्ता बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया