कारबाहीमा परेको दीपज्योति ओभरसिजलाई सबै कारोबार बन्द गर्न निर्देशन

 फागुन १७, २०७६ शनिबार १६:११:४२ | उज्यालो सहकर्मी

काठमाण्डौ – विभिन्न ठगीका मुद्दा लागेर दुई महिनाअघि निष्क्रियको सूचीमा परेको दीपज्योति ओभरसिज प्रालिलाई वैदेशिक रोजगार विभागले आफ्ना सबै कारोबार बन्द गर्न निर्देशन दिएको छ ।

काठमाण्डौको महाराजगञ्जमा रहेको यस म्यानपावरले निष्क्रियको सूचीमा परेपछि पनि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पैसा उठाइरहेको पाइएपछि यस्तो नगर्न विभागले निर्देशन दिएको हो ।

निष्क्रियको सूचीमा परिसकेपछि म्यानपावरले कसैलाई पनि वैदेशिक रोजगारीमा पठाउन पाउँदैन । 

तर दीपजोति म्यानपावरले भने वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अझै पनि  पैसा उठाइरहेको पाइएपछि विभागले सूचना जारी गर्नुपरेको विभागका निर्देशक तथा प्रवक्ता भोलानाथ गुरागाईंले बताउनुभयो ।

‘धेरैबाट पैसा उठाइरहेको भन्ने लिखित र मौखिक जानकारी पाएपछि हामीले त्यो म्यानपावरविरुद्ध सूचना जारी गरेका हौँ’, उहाँले भन्नुभयो, ‘यसले गर्दा धेरै युवाहरु ठगिनबाट जोगिने छन् ।’

अहिले यस म्यानपावरको आर्थिकलगायत सम्पूर्ण कारोबार रोक्का गरिएको छ । म्यानपावर सञ्चालकविरुद्ध कारबाहीको प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

कुनै म्यानपावर सक्रिय वा निष्क्रिय छ भनेर बुझ्न वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर हेर्न सकिन्छ । दीपज्योति म्यानपावरजस्तै निष्क्रियको सूचीमा परेर पनि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै यदि कुनै म्यानपावरले पैसा उठाइरहेको छ भने तुरुन्त विभागमा खबर गर्न विभागका निर्देशक गुरागाईंले आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया