अमेरिकामा ‘उड्ने कार’ को नमूना परीक्षण
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - ग्रील तथा स्टील व्यवसायीहरुले तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने बताएका छन् । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य जानैपर्ने नियम बनाए पनि तत्काल त्यो अवस्था नरहेको व्यवसायीहरुले बताएका हुन् ।
ग्रील तथा स्टील व्यवसायी महासंघका अधयक्ष मोहन कटुवालले तत्काल सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्था नभए पनि ढिलो चाँडो जानैपर्ने बताउनुभयो । न्यूनतम पारिश्रमिक दिनुपर्ने अवस्थामा पनि समस्या भइरहेको बेला सामाजिक सुरक्षा कोषमा तत्काल जान नसकिने उहाँले बताउनुभएको हो ।
मजदूरहरुको न्युनतम ज्याला र तलब, सुरक्षाका दृष्टिकोणले आवश्यक पर्ने सामग्रीहरुको उचित व्यवस्थापन गर्न पनि उहाँले उद्योगीहरुलाई आग्रह गर्नुभयो ।उहाँले संघभित्र देखिएका कमजोरीहरु हटाएर अगाडि बढ्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । साथै व्यवसायीहरुलाई व्यवसायीक बन्न पनि उहाँले आग्रह गर्नुभयो ।
अवैधानिक व्यवसाय गरिरहेकाहरुलाई महासंघले कारबाही गर्ने चेतावनी दिँदै अध्यक्ष कटुवालले बजारमा समान मूल्यका आधारमा काम गर्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।