काेराेनाकाे कारण अस्ट्रेलियामा एक जनाकाे ज्यान गयाे

 फागुन १८, २०७६ आइतबार ८:४८:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै –  काेभिड–१९ अर्थात् काेराेना भाइरसकाे सङ्क्रमणबाट अस्ट्रेलियामा पनि एक जनाकाे ज्यान गएको छ ।

जापानमा क्वारेन्टाइनमा राखिएको 'डायमण्ड प्रिन्सेस' पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ ।

काेराेनाबाट ज्यान गुमाएका ती पुरुषकाे परिचय भने खुलइएकाे छैन । ती पुरुषकाे पर्थमा रहेकाे सर चार्लेस गेर्डनर अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे अधिकारीहरुले बताएका छन् । 

ती पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएकाे थियाे । क्वारेन्टाइन क्याम्पबाट आइसाेलेशनमा पुर्‍याइएपछि उनकी पत्नीमा पनि काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे । मृतककी पत्नीकाे अहिले आइसाेलेशनमा उपचार भइरहेकाे छ । 

यसअघि कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गइसकेकाे छ ।

वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक जनाकाे ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाकाे घाेषणा गरेका छन् ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेराेना भाइरसकाे सम्भावित खतरा रहेको तर खतरासँग लड्न अमेरिका तयार रहेको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरसकाे सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया