मिर्गौला प्रत्यारोपणको लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने

 फागुन १९, २०७६ सोमबार ८:०:२६ | उज्यालो सहकर्मी

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ ।

पर्सि बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदै हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री ओलीको १३ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उहाँलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिनु भएको थियो । अहिले प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्नेले मिर्गौला दिने भनिए पनि नाम खुलाइएको छैन ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि देशकैै सरकारी अस्पताल रोज्नुभएको छ । पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको छ । 

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया