अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीको भिडियो सन्देश : ‘सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्नँ'

 फागुन १९, २०७६ सोमबार १८:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ–  प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेर आफू चाँडै स्वस्थ भइ नियमित काममा फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शिक्षण अस्पताल भर्ना हुनुअघि भिडियो सन्देशमार्फत उहाँले आफू अस्पतालबाट थप ऊर्जा र आत्मविश्वाससहित आउने उल्लेख गर्नुभएको छ ।

आफ्नो सिङ्गो जीवन कुनै न कुनै किसिमको सङ्र्घषमा बित्दै आएको भन्दै  प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, 'झण्डै १२ वर्षअघि मेरा दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ । त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन ।  पर्सि बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु ।'   

प्रधानमन्त्री ओलीले सन्देशमा आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन अपिलसमेत गर्नुभएको छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, 'जसरी खेलको बीचमा ‘वेस्ट स्ट्राइकर’ ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।'

प्रधानमन्त्री ओलीकाे भिडियाे सन्देश

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया