पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
महोत्तरी – रामगाेपालेश्वर नगरपालिका ५ का वडाध्यक्षसँग दोहाेरो नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालय जलेश्वरमा उजुरी परेकाे छ ।
वडाध्यक्ष जितेन्द्र चौधरीसँग भारतीय नागरिकतासमेत रहेको दाबी गर्दै स्थानीय एक जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् । पालिकाकाे चुनावमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको उजुरीमा उल्लेख गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालयमा उजुरीसँगै पेस गरेको प्रमाणमा भारतीय निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावलीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम समेत रहेको छ । त्यस्तै वडाध्यक्ष चौधरीले सन् २०१९ मा भारतमा सम्पन्न भएको लोकसभा चुनावमा भोट खसालेको प्रमाणसमेत उजुरीकर्ताले प्रमाणस्वरुप पेस गरेका छन् ।
फर्जी कागजात पेस गरी वडाध्यक्ष चौधरीले भारतीय नागरिकताको साथै नेपाली नागरिकता पनि लिएको उजुरीकर्ताको आरोप छ ।
यसअघि रामगोपालपुर नगरपालिका कार्यालयमा समेत वडाध्यक्ष चौधरी भारतीय नागरिक रहेको भन्दै उजुरी परिसकेको छ । तर नगरपालिकाको न्यायिक समितिसँग नागरिकतासम्बन्धी कुनै प्रकारको अधिकार नरहेकाले प्रशासनसँग अनुसन्धान गर्न आग्रह गरेको न्यायिक समितिका अध्यक्ष समेत रहनुभएकी उपमेयर सीता साहले बताउनुभयाे ।
यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उजुरी परेकोले यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जानकारी दिनुभयाे । सत्य, तथ्य पत्ता लगाउनअनुसन्धान भइरहेकाे र वास्तविकता भए कानुनबमोजिम कारबाही गरिने खत्रीले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।