म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
माेरङ - विराटनगर, महाेत्तरी र भाेजपुरका छुट्टाछुट्टै दुर्घटनामा चार जनाकाे ज्यान गएकाे छ ।
विराटनगर महानगरपालिका–१९, मिलनचोकमा टिप्परको ठक्करबाट टेम्पोमा रहेका २ जनाको ज्यान गएको हाे ।
को १ क २९१७ नम्बरको टिप्परले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक ग्रामथान गाउँपालिकाका बाबुुराम सरदार र उहाँकी छ वर्षकी नातिनी आरोही सरदारको ज्यान गएको हो । घटनापछि स्थानीय बासिन्दाले टिप्परमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो ।
टिप्पर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।
यस्तै महोत्तरी–धनुषा जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिप्परको ठक्करबाट मोटरसाइकलको ज्यान गएको छ । ना १ क ५८ २६ नम्बरको टिप्परको ठक्करबाट बीआर ३० एक्स ७७०२ नम्बरको मोटरसाइकल चालक महोत्तरीको सम्सी गाउँपालिका–५ का कालीचरण यादवको उपचारको क्रममा जलेश्वर अस्पतालमा बुधबार बिहान ज्यान जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।
यस्तै भोजपुरको पौवादुङमा गाउँपालिका २ मा ट्रयाक्टर दुर्घटना हुँदा परिचालकको ज्यान गएको छ । दुर्घटनामा परेर घाइते भएका पौवादुङमा गाउँपालिका १ का जनक भुजेलको जिल्ला अस्पताल धनकुटामा ज्यान गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।