म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
स्याङ्जा - स्याङ्जाको भीरकोट नगरपालिका-८ का चोकबहादुर गुरुङले कृत्रिम श्वासप्रश्वास अर्थात सीपीआर विधि अपनाएर साढे १ वर्षकी नातिनिलाई बचाउन सफल भएको दावी गर्नुभएको छ ।
खाना खाँदा र रुँदा बेहोस भएर आधा घण्टासम्म सास नफेरेकी आफ्नी नातिनिलाई सीपीआर विधि अपनाएर बचाउन सफल भएको गुरुङले उज्यालोलाई बताउनुभयो । आधा घण्टासम्म जे गर्दा पनि नबिउँझिएपछि परिवारका सबै सदस्यले आश मारेकी नातिनीलाई एक मिनेटसम्म हातको दुईओटा औंलाले मुटुमा पम्प गरेर बचाउन सफल भएको उहाँको भनाई छ ।
उहाँले एक वर्षअघि अभियन्ता ओम उप्रेतीमार्फत सीपीआर विधि सिक्नुभएको थियो । उप्रेतीले जीवनउपयोगी सीप सिकाएको र त्यही सीप काम लागेको भन्दै गुरुङले खुशी व्यक्त गर्नुभएको छ ।
विभिन्न कारणले बन्द भएको श्वासप्रश्वास प्रक्रियालाई सञ्चालन गर्न अपनाइने विधिलाई सीपीआर भनेर बुझिन्छ । यो विधिमा साना बालबालिकालाई दुई औँलाको सहायताले र वयस्कलाई दुई हत्केलाको सहायताले छातीमा ३० पटक पम्प गरेर मुखबाट कृत्रिम श्वास दिएर मुटु र फोक्सोलाई सक्रिय बनाउने गरिन्छ ।
यूएईमा रहेका अभियन्ता उप्रेतीले बेलाबेला नेपाल आएर यससम्बन्धी तालिम दिने गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।