म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यले आजदेखि औपचारिक जिम्मेवारी पाएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ सदस्यलाई शपथ खुवाएसँगै राष्ट्रियसभाका नवनियुक्त सदस्यले औपचारिक जिम्मेवारी भएका हुन् । एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार खाली हुने ठाउँमा गएको माघ २४ गते चुनाव भएको थियो ।
चुनाव भएका १८ ठाउँमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिट पाएको छ । अरु दलका उमेदवारले भने कुनै पनि ठाउँमा जित हाँसिल गरेन । मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन ।
यसैबीच औपचारिक जिम्मेवारी पाएसँगै नवनियुक्त राष्ट्रिय सभा सदस्यहेको संसद सचिवालयले जनाएको छ । हरुको पहिलो बैठक सवा १२ बजेदेखि सुरु हुँदैछ । बैठकमा सरकारको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुची र
पाँचौँ अधिवेशनको २१ औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट एकजना मन्त्रीले प्रतिवेदन पेश गर्नुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।