बाँकेमा व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ ।
पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से बिहीबार पनि ५.५० बिन्दुले घटेर एक हजार ४३५.७० मा पुगेको हो ।
यस्तै सेन्सेटिभ परिसूचक १.१५ ले ओरालो लागेर ३०७.७२ मा पुगेको छ । नेप्से ओरोलो लागेपनि कारोबार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको छ । कुल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरीद बिक्री भए ।
कारोबार भएका १२ उपसमूहमध्ये बिहीबार पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक २१.२७, वित्त ७.८१, अन्य दुई, लघुवित्त ४८.०३, जीवन बीमा ७७.८५ ले वृद्धि भएको छ ।
यस्तै बैंकिङ १४.२४, व्यापार १७.७२, होटल २५.९८, जलविद्युत् ९.३१, निर्जीवन बीमा २५.६२, उत्पादन ३८.९५ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।कारोबारका आधारमा बिहीबार पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । यस कम्पनीको ३७ करोड ८७ लाख १९ हजार ८६६ रुपैयाँ बराबरको शेयर कारोबार भएर शीर्षस्थानमा रह्यो ।
यस्तै एनएमबी बैंक रु १२ करोड ६५ लाख ९२ हजार २२, एनआइसी एशिया बैंक रु नौ करोड ६८ लाख ६ हजार, मञ्जुश्री फाइनान्स आठ करोड ४२ लाख ३९ हजार ४३९ रुपैयाँ, नबिल बैंक छ करोड ५८ लाख ५३ हजार २९७ रुपैयाँ र हिमालयन डिस्टिलरीको रु छ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएर शीर्षस्थानमा रहे ।
कारोबारका आधारमा बिहीबार मञ्जुश्री फाइनान्स १०, राधी विद्युत् कम्पनी ९.०४, बोटलर्स नेपाल तराई, ८.२१, जनउत्थान सामुदायिक लघुवित्त ७.०२, गणपति माइक्रोफाइनान्स ६.१६ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.०१ प्रतिशतले कमाए ।
यसैगरी नेपाल हाइड्रो ९.६९, हिमाल दोलखा हाइड्रोपावर ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ६.६७, यूनियन हाइड्रो ६.०६ र ओरियन्टल होटलका शेयरधनीले ४.६० प्रतिशतले गुमाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।