काेराेनाकाे सङ्क्रमण तीव्र बनेपछि इरानले आवत जावत सीमित गर्‍याे

 फागुन २३, २०७६ शुक्रबार ६:२१:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेभिड–नाइन्टिनको सङ्क्रमण बढ्ने क्रम तीव्र बनेपछि इरानले देशभित्रको आवत जावत सीमित गरेकाे छ ।

एक महिनाका लागि सबै विद्यालयमा बिदा दिएको इरानले आवत जावतमा पनि कडाइ गरेको हो । इरानमा कोरोना भाइरसकाे सङ्क्रमणबाट एक सय सात जनाकाे ज्यान गइसकेको छ ।

यस्तै अमेरिकाको क्यालिफोर्निया राज्यमा पनि आपत्काल घोषणा गरिएको बीबीसीले जनाएको छ । यसअघि वाशिङ्टनमा आपत्काल घोषणा गरिएको थियो ।

भारतको राजधानी दिल्लीका सबै प्राथामिक विद्यालय मार्च महिनाभरिका लागि बन्द गरिएका छन् भने विद्युतीय हाजिरीमा प्रतिबन्ध लगाइएको छ ।

यस्तै दक्षिण कोरिया र जापानमा पनि कोरोनाको सङ्क्रमण फैलने क्रम तीव्र बनेको छ । दक्षिण कोरियामा ४० जनाको ज्यान जानुको साथै ६ हजारभन्दा धेरैमा सङ्क्रमण भैसकेको छ ।

जापानमा ६ जनाको ज्यान जानुको साथै तीन सय ६४ जनामा सङ्क्रमणकाे पुष्टि भएको छ । तर जापानमा लक्षण देखिएका सबैको परीक्षण नभएको समाचार संस्था सीएनएनले जनाएको छ ।

कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहँदा चीनबाहिर भने सङ्क्रमण तीव्र बनेको छ । कोरोना भाइरसको कारण अहिलेसम्म साढे ३३ सयभन्दा धेरैको ज्यान गएको छ भने ९८ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ ।

त्यस्तै ५४ हजारभन्दा धेरै मानिस उपचारपछि घर फर्किएका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया