यूएईका शासक शेख मोहम्मदले छाेरीहरुकाे अपहरण गरेकाे र श्रीमतीलाई धम्की दिएकाे पुष्टि

 फागुन २३, २०७६ शुक्रबार ७:४:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतको उच्च अदालतले दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले श्रीमती र छोरीमाथि हिंसा गरेको ठहर गरेको छ ।

गएकाे वर्ष दुई बच्चासहित भागेर बेलायत पुगेकी शेख मोहम्मदकी श्रीमती हाया बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै दायर गरेको मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले हिंसा भएको ठहर गरेको हो । यो मुद्दामा आठ महिनादेखि बहस भइरहेको थियो ।

शेख मोहम्मदले श्रीमती र छोरीलाई अपहरण, जबरजस्ती फिर्ता, यातना र डर देखाएको भन्ने आरोप बेलायतको उच्च अदालतले पुष्टि गरेको हो । फैसलामा अदालतमा उपस्थित नभएकोमा शेख मोहम्मद अदालतप्रति इमान्दार नभएको पनि जनाइएको छ ।

फैसला प्रकाशन भएपछि शेख मोहम्मदले आफू सरकार प्रमुख भएकोले अदालतमा जान नपाएको भन्दै अदालतबाट एकपक्षीय फैसला आएको आरोप लगाएका छन् ।  अदालतले शेख मोहम्मदमाथि हुने कारबाहीको बारेमा खुलाएको छैन । 

मानव अधिकार अभियानकर्ताहरूले अदालतको निर्णयलाई स्वागत गरेका छन् । शेखकी छैठौँ श्रीमती हाया जोर्डनमा जन्मेर बेलायतमा पढेकी हुन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया