दिल्ली हिंसा : इरानका सर्वाेच्च नेता खामेनेईले भारतकाे निन्दा गरे

 फागुन २३, २०७६ शुक्रबार १०:५१:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इरानका सर्वाेच्च नेता आयातुल्लाह खामेनेईले दिल्लीमा भएको हिंसालाई लिएर भारतको निन्दा गरेका छन् ।

दिल्लीको उत्तर–पूर्वी जिल्लामा गएको २४–२६ फेब्रुअरीमा भएको हिंसामा अहिलेसम्म झण्डै ५० जनाको ज्यान गइसकेको छ भने दुई सय भन्दा धेरै घाइते भएका छन् । 

नागरिकता संशोधन कानुन (सीएए) को विरोधलाई लिएर भएको हिंसामा ज्यान गुमाउनेमध्ये धेरै मुस्लिम समुदायका रहेका छन् । 

इरानका सर्वाेच्च धार्मिक नेता खामेनेईले बिहीबार ट्वीट गर्दै भारतमा मुस्लिममाथि दमन भइरहेको र विश्वभरिका मुस्लिम समुदाय यसबाट दुःखी भएको बताए । 

उनले ट्वीटमा लेखेका छन्, ‘भारतमा भइरहेको मुस्लिमको नरसंहारले विश्वभरिका मुस्लिम समुदायको मन दुखेको छ । भारत सरकारले कट्टर हिन्दू र तिनका पार्टीलाई रोक्नुपर्छ र इस्लामीहरुको तर्फबाट भारत छिन्न भिन्न हुनबाट रोकिन चाहन्छ भने भारतमा मुस्लिम समुदायको नरसंहार रोकिनुपर्छ ।’

खामेनेईले आफ्नो ट्वीटसँगै #IndianMuslimslnDanger अर्थात् ‘भारतीय मुसलमान खतरामा छन्’ लेखेका छन् ।   

खामेनेईको ट्वीटमा अहिलेसम्म भारतको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन तर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर खामनेईलाई धन्यवाद दिएका छन् ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया