शिवरात्रिका अवसरमा ५ लाख दर्शनार्थी आउने काेषकाे अनुमान, मेल...
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - अब बैंकमा सुनचाँदी राखेर ब्याज लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र सार्वजनिक गरेर बहुमूल्य धातु निक्षेपका रुपमा बैंकले जम्मा गर्न पाउने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो ।
राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निक्षेपका रूपमा सुन राख्न पाएपछि वाणिज्य बैंकले सुनको मूल्य बराबर रकमको बढीमा ८० प्रतिशत कर्जा प्रवाह गर्न पाउँछन् ।
यसअघि ग्राहकले बैंकमा सुन राख्न पाए पनि त्यो निक्षेपका रूपमा थिएन । निक्षेपका रूपमा सुन राख्न पाइने भए पनि सुनका गरगहना, चाँदीलगायत बहुमूल्य धातु भने राख्न नपाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार सुनका गरगहनालाई निक्षेपका रूपमा राख्न चाहेमा तिनलाई पगालेर ढिक्का बनाउनुपर्छ ।
निक्षेपका रूपमा बैंकमा सुन राख्दा ग्राहकले ब्याज पाउँछन् । निक्षेपका रूपमा सुन राख्दा न्यूनतम २५ ग्रामभन्दा कम राख्न पाइँदैन । निक्षेपको अवधि कम्तीमा तीन वर्ष र बढीमा पाँच वर्ष हुनुपर्नेछ ।
यो व्यवस्थाले बैंकमा लगानीयोग्य रकम बढ्ने भएकाले कर्जा प्रवाहका लागि रकम अभाव नहुने राष्ट्र बैंकको दाबी छ । आउँदो तीन महिनाभित्रमा यो व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउने राष्ट्र बैंकको योजना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।