बाँकेमा व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
ललितपुर - महंँगोमा मास्क बेच्ने ललितपुरका औषधि पसलमा अनुगमन भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गरेको हो । अनुगमनमा टाइम मेडिकेयर फार्मेसीले ३० रुपैयाँ पर्ने मास्कलाई एक सय रुपैयाँमा बेचेको पाइएको छ । खरीद बिलसमेत नराखेको यो फार्मेसीबाट ६ थान मास्क जफत गरिएको छ ।
यसैगरी पाटन अस्पताल नजिकै रहेको जीपिपी म्यानकाइण्ड प्रालिले पनि २५ रुपैयाँ पर्ने कपडाको मास्कलाई ५० रुपैयाँमा बेच्ने गरेको पाइएको छ । यो पसलबाट अनुगमन समितिले २२ थान मास्क जफत गरेको छ । सरकारले बढी मूल्य लिने औषधि पसल बारे उजुरी दिन आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।