एसईई परीक्षा नसर्ने

 फागुन २३, २०७६ शुक्रबार १८:१८:२२ | रासस
unn.prixa.net

काठमाण्डाै - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को यथावत् रुपमा सञ्चालन हुने स्पष्ट गरेको छ ।

सो परीक्षा सारिएको भन्ने भ्रम सिर्जना नगर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिएर कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिइएको भए पनि एसईई परीक्षा यथावत् रहने जनाउनुभएको हो ।

उहाँले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता सूचनाका भ्रममा नपर्न आग्रह गर्दै परिस्थितिको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा आधिकारिक रुपमा जानकारी दिइने जनाउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया