जापानकाे सहयाेगमा निर्माण भएकाे आम्दा अस्पताल बन्द हुने अवस्थामा

 फागुन २५, २०७६ आइतबार ११:४०:२७ | रासस
unn.prixa.net

झापा - पूर्वोत्तर झापामा रहेकाे आम्दा मेची अस्पताल पालिका र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । झण्डै ११ वर्षअगाडि निर्माण भएकाे १५ शैय्याको आम्दा अस्पताल बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेकाे हाे । 

जापान सरकारले ९८ लाख र मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँ अनुदान दिएपछि अस्पताल निर्माण भएकाे थियाे । अस्पताल स्थापनाका लागि स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पद्मा खनालले जग्गा प्रदान गर्नुभएको थियाे । 

आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सम्झौताअनुसार विसं २०६५ मङ्सिर २० गते अस्पताल सञ्चालनमा आएको थियो । सम्झौतामा तीनवटै निकायकोे सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो । तर केही वर्ष नबित्दै समुदाय र सम्झौताका पक्षहरुको बेवास्ताले अस्पताल बन्द हुने अवस्थामा पुगेकाे हाे ।

दुई लाख जनसङ्ख्यालाई भरपर्दो स्वाथ्योपचार पुर्‍याउने यो अस्पतालको लक्ष्य थियो । साझेदारमध्येको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिमल्सिनाले पालिकाकाे उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको बताउनुहुन्छ । 

‘सहयोगहरु कटौती हुँदै गयो, त्यसैकारण अस्पतालले जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणसहितको सेवा पुर्‍याउन नसकेको हो’, उहाँ भन्नुहुन्छ, ‘भवन र जग्गालगायतको पर्याप्त भौतिक संरचना भएको हुँदा यसलाई फेरि व्यवस्थित गर्ने योजना अघि बढिरहेको छ ।’

स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याँइ गरेको उहाँको आरोप छ । अस्पतालका प्रशासन सहायक प्रमुख उज्ज्वलतारा थापाले स्वास्थ्य जाँचका आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण विरामी आउन छाडेको जानकारी निुभयो । 

केही समयदेखि एक मेडिकल अफिसरसहित तीन स्वास्थ्यकर्मीले अस्पताल धानिरहेको र विगतमा आफैँले सञ्चालन गर्दै आएको फार्मेसी हाल निजी क्षेत्रलाई दिइएको उहाँले जानकारी दिनुभयो ।

दाताबाट प्राप्त अस्पतालको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्किएको छ । मर्मत गरेर पनि नचल्ने स्थिति भएको हुँदा कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आएको प्रशासन सहायक प्रमुख थापा बताउनुहुन्छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Khagendra Dhungana

    March 8, 2020, 12:47 p.m.

    माल पाएर चाल नपाएको भनेको यही हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया