इटलीमा काेराेनाकाे सङ्क्रमण रोक्न १ करोड ६० लाख जनामाथि यात्रा प्रतिबन्ध

 फागुन २५, २०७६ आइतबार १८:२७:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इटलीमा काेराेना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नको लागि एक करोड ६० लाख मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाइएकाे छ । ती मानिसहरुलाई यथास्थानमा बसिरहन भनिएको छ । 

सरकारको आदेशअनुसार लोम्बार्डी र अन्य १४ वटा प्रान्तका मानिसहरुलाई अब यात्रा गर्नका लागि इजाजत लिनुपर्नेछ । 

मिलान र भेनिस पनि कोरोना भाइरसको सङ्क्रमणबाट प्रभावित भएका छन् । 

प्रधानमन्त्री ग्युसेप कन्टेले देशभरिकको स्कुल, जिम, म्युजियम, नाइटक्लब र अन्य ठाउँहरुलाई बन्द गर्न आदेश दिएका छन् । 

आइतबार प्रधानमन्त्री कन्टेले भने, ‘हामी आफ्नो नागरिकको स्वास्थ्यको ग्यारेण्टी दिन चाहन्छौँ । हामीलाई थाहा छ यस्तो कदमले नागरिकहरुलाई समस्या हुन्छ ।’

चीनबाहिर यस्तो किसिमको कडा कदम केवल इटलीले मात्र उठाएको छ, यो आउँदो ३ अप्रिलसम्म लागू हुनेछ । 

युरोपमा कोरोना भाइरसबाट इटली सबैभन्दा धेरै प्रभावित भएको छ । शनिबार सङ्क्रमणको दर इटलीमा तीव्र रुपमा बढेको थियो । 

इटलीमा जसरी कोरोना रोकथामको लागि कडा कदम उठाइएको छ, यसको दायरामा देशको एक चौथाइ जनसङ्ख्या पर्छ । 

इटलीको उत्तरी इलाका कोरोना भाइरसबाट प्रभावित हुनु इटलीका लागि गम्भीर कुरा हो, जसले देशको अर्थव्यवस्थालाई ऊर्जा दिने गर्छ । 

इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३० नाघिसकेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ३६ जनाको ज्यान गएको छ । 

शनिबार कोरोना पुष्टि भएको सङ्ख्या शुक्रबारको तुलनामा १२ सय बढेर पाँच हजार आठ सय ८३ भएको छ ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया