छुट्टाछुट्टै दुर्घटनामा एकको ज्यान गयो , ११ जना घाइते

 फागुन २६, २०७६ सोमबार ११:१२:२९ | रासस
unn.prixa.net

चितवन - चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।  

पुल्चाेकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्रीकाे ज्यान गएकाे हाे । ज्यान गुमाउनेमा नवलपुर कावासोती नगरपालिका १७ का ५० वर्षीय ठाकुर पौडेल रहेका छन ।

उनकाे उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । यस्तै नारायणगढ-मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा साेमबार बिहान बस ठाेक्किदा ११ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका-२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना५ख ९६२२ नंको ट्रकमा कटारीबाट काठमाण्डाैतर्फ जाँदै गरेको ना६ख १५९२ नंको बस ठाेक्किएकाे थियो ।

ठक्करबाट बसमा रहेका ३१ जनामध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया