'रोनाल्डिन्हाेलाई आफ्नाे राहदानी नक्कली भन्ने थाहा थिएन'

 फागुन २६, २०७६ सोमबार १४:२०:९ | रासस
unn.prixa.net

काठमाण्डौ - ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका वकिल सर्जिओ क्विरोजले दाबी गरेका छन् ।

क्विरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरुसमक्ष आग्रह पनि गरेका छन् । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाइ रोबर्टोले नक्कली कागजात पेस गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् ।

उनीहरु दुवै जना यही विषयमा गएकाे तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् । वकिल क्विरोजले भने, ‘रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।’

पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् ।रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गएकाे बुधबार पाराग्वे आइपुगेका थिए । 

विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थियाे ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया