अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन सुरु, १ हजार तालिबानी कैदी रिहा गर्ने अफगान सरकारको तयारी

 फागुन २७, २०७६ मंगलबार ६:२९:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लैजान सुरु गरेको छ । अमेरिका र तालिवानबीच यही फागुन १७ गते भएको शान्ति सम्झौताअनुसार अमेरिकाले आफ्ना सैनिक फिर्ता लैजान थालेको बीबीसीले जनाएको छ ।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि गरिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने उल्लेख छ । सम्झौतामा अफगानिस्तानमा रहेका १२ हजार अमेरिकी सेनामध्ये एक सय ३५ दिनभित्र तीन हजार चार सय सेना फिर्ता लैजाने सहमति भएको थियो ।

सम्झौतामा अफगान सरकारले भाग लिएको थिएन तर अब तालिवानसँग वार्ता गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सुरुमा तालिबानी कैदीहरुलाई रिहा नगर्ने बताएका थिए ।

तर सोमबार दोस्राे कार्यकालका लागि सपथ लिएका राष्ट्रपति घानीले यही हप्ता एक हजार तालिबानी कैदीलाई रिहा गर्ने आदेश दिने तयारी रहेको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया