माेटरसाइकल र भ्यान आपसमा ठाेक्किँदा २ जनाकाे ज्यान गयाे

 फागुन २७, २०७६ मंगलबार ६:५९:८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा साेमबार मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएकाे छ । 

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ का २६ वर्षीय प्रकाश चौधरी र त्यही मोटरसाइकलमा पछाडि बसेका कृष्णाशवरण गाउँपालिका ६ का २३ वर्षीय अनिल चौधरीको ज्यान गएकाे हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाकाे उपचारका क्रममा विराटनगरमा रहेकाे नोबेल हस्पिटलमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

पश्चिमबाट पूवतर्फ आइरहेको स ५ प ९५४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ना ३ प ८५२८ नम्बरको म्याजिक भ्यान आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया