मध्य प्रदेशमा राजनीतिक सङ्कट : २० मन्त्रीले राजीनामा बुझाए

 फागुन २७, २०७६ मंगलबार ७:४०:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतको मध्य प्रदेश राज्यमा चलिरहेको राजनीतिक सङ्कटका बीच मुख्यमन्त्री कमलनाथ बोलाएको मन्त्रिपरिषद्को आपत्कालिन बैठकमा २० जना मन्त्रीले राजीनामा बुझाएका छन् । 

राजीनामा बुझाएका मन्त्रीहरुले मुख्यमन्त्री कमलनाथलाई नयाँ धारबाट मन्त्रिमण्डल गठन गर्न आग्रह गरेका छन् । 

त्यस्तै मङ्गलबार काङ्ग्रेस विधायक दलको बैठक बोलाएको छ । मुख्यमन्त्री निवासमा राति अबेरसम्म चलेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकपछि लोक निर्माण मन्त्री सज्जन सिंहले सञ्चारमाध्यमलाई यो जानकारी दिएका हुन् । 

उनीसँगै मन्त्री उमंग सिंघार, पीसी शर्मा, हुकुम सिंह, तरुण भनोतसहित अन्य धेरै मन्त्रीहरु उपस्थित थिए । 

लोक निर्माण मन्त्री वर्माले सरकारलाई अस्थिर बनाउने भारतीय जनता पार्टी (भाजपा) को षड्यन्त्रलाई सफल हुन नदिने बताए । वर्माले मङ्गलबार साँझ ५ बजे काङ्ग्रेस विधायक दलको बैठक बोलाइएको र बैठकमा काङ्ग्रेसले आफ्नो रणनीतिको बारेमा खुलासा गर्ने बताए । 

वरिष्ठ नेता ज्योतिरादित्य सिन्धिया रिसाएका छन् भन्ने प्रश्नमा मन्त्री वर्माले सिन्धिया जहाँ थिए त्यही अवस्थामा रहेको बताए । सबै मन्त्रीले मुख्यमन्त्रीलाई आफ्नो विवेक प्रयोग गरेर मन्त्रिमण्डल बनाउन सुझाव दिएको उनले बताए । 

कति जना मन्त्रीले राजीनामा बुझाए ? भन्ने प्रश्नमा वर्माले भने, ‘२० जना मन्त्रीले राजीनामा सुम्पिएका हुन् ।’ 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया