क्यानडामा कोरोना सङ्क्रमित पहिलो व्यक्तिको ज्यान गयो, चीनबाहिर ३३ हजार बढी सङ्क्रमित

 फागुन २७, २०७६ मंगलबार ९:१५:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट क्यानडामा एक जनाको ज्यान गएको छ । 

क्यानडाको प्रान्त बिट्रिश कोलम्बियाले कोरोना सङ्क्रमणबाट देशमा पहिलो व्यक्तिको ज्यान गएको जनाएकाे छ । प्रान्तका अनुसार थप पाँच जना नयाँ सङ्क्रमित थपिएका छन् । 

प्रान्तका स्वास्थ्य अधिकारी डा. बोनी हेनरीले ज्यान गुमाउने व्यक्ति भ्यानकुभर केयर होममा रहेका दुई जना सङ्क्रमितमध्ये एक हुन्, उनमा गएको हप्ता कोरोनाको सङ्क्रमण देखिएको बताए । 

हेनरीका अनुसार ८० वर्षीय पुरुषको ज्यान गएको हो । थप नयाँ व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ७७ पुगेको छ । सङ्क्रमतिमध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । 

भ्यानकुभर केयर होममा कार्यरत एक जना महिलामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्वास्थ्य अधिकारीहरुले त्यस क्षेत्रमा निगरानी गरिरहेको स्वास्थ्य अधिकारी हेनरीले बताएका छन् ।   

यसैगरी अहिलेसम्म चीनबाहिर ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । सङ्गठनका अनुसार चीनबाहिर भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या आठ सय नाघेको छ ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया