काेराेना भाइरस : मृत्युदर अरु सङ्क्रमणको भन्दा कम

 फागुन २७, २०७६ मंगलबार १४:२२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण भएकामध्ये झण्डै ५ प्रतिशतको ज्यान गएको पाइएको छ । अहिलेसम्म १ सय १३ देशका १ लाख १४ हजार ४ सय ३१ जनामा कोरोनाको सङ्क्रमण भएकोमा ४ हजार २७ जनाको ज्यान गएको छ ।

६४ हजार ९९ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४६ हजार ३ सय ५ जनाको उपचार भइरहेको छ । ज्यान गुमाएकामध्ये धेरैजसो बुढाबुढी र दीर्घरोगी छन् । 

यसअघि सन् २००३ मा २६ देशमा फैलिएको कोरोनाकै प्रजातिको रुपमा रहेको सार्स सङ्क्रमितमध्ये १० प्रतिशतको ज्यान गएको थियो । २०१४ मा इबोला सङ्क्रमण भएका २५ प्रतिशतको ज्यान गएको थियो भने सन् २००९ मा स्वाइन फ्लूका कारण साढे ४ प्रतिशतले ज्यान गुमाएका थिए । 

छुट्टै खोप वा औषधि बनिनसकेको भए पनि केही सावधानी अपनाउने र खानपानमा ख्याल गर्ने हो भने कोरोनाबाट बच्न सकिने सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो । 

अहिले मौसमी रुघाखोकी लाग्ने समय पनि भएकाले रुघाखोकी लाग्दैमा कोरोना नै भएको भनेर आत्तिन पनि नहुने उहाँले बताउनुभयो । 

नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नफैलिएकाले रुघाखोकी लागे तातो झोलिलो खानेकुरा खाएर घरमै आराम गर्ने, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानपर्ने उहाँले बताउनुभयाे । 

साबुन पानीले बारम्बार हात धुने, भिडभाडमा नजाने, रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले अनिवार्य मास्क लगाउने जस्ता सतर्कता अपनाएमा कोरोनाबाट जोगिन सकिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया