भारतको ओडिशामा होली खेलेपछि नुहाउने क्रममा १५ जनाको ज्यान गयो

 फागुन २८, २०७६ बुधबार ६:१५:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको ज्यान गएको छ ।

मङ्गलबार होली मनाएर नुहाउने क्रममा विभिन्न ठाउँमा भएका घटनामा १५ जनाको ज्यान गएको सुरक्षा अधिकारीले बताएकाे बीबीसीले जनाएको छ । विभिन्न नदी तथा पोखरीमा नुहाउने क्रममा डुबेका १५ जनाको शव भेटिएको खबरमा उल्लेख  छ ।

अघिल्ला वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको ज्यान जाने गरेकोले यस वर्ष स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो । प्रशासनको निगरानीकै बीच नुहाउन गएकाहरुको ज्यान गएको हो ।

होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो ।   

कटकका जिल्ला कलेक्टर भवानी शङ्कर चयनीले यो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन् । 

उनले भने, ‘जिल्ला प्रशासनको तर्फबाट होलीमा मानिसहरुलाई नदीमा नजान पूरै कोसिस गरिन्छ । विभिन्न व्यक्तिलाई चेतावनी पनि दिइन्छ । तर पनि यस्ता दुखद् घटना भइरहन्छ । यस्तो घटना हुन नदिन अझै सचेत रहनुपर्छ ।’

उनले कटकमा ज्यान गुमाएका तीन जनाको परिवारलाई चार लाख भारु सरकारको तर्फबाट दिइने बताए । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया