मुकेश अम्बानी अब एसियाका सबैभन्दा धनी व्यक्ति रहेनन्

 फागुन २८, २०७६ बुधबार ८:३१:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतीय उद्योगपति तथा रिलायन्स इण्डस्ट्रिजका मालिक मुकेश अम्बानी अब एसियाका सबैभन्दा धनी व्यक्तिको दोस्रो नम्बरमा खस्किएका छन् । 

कोरोना भाइरस (कोभिड–१९) को सङ्कटको सामना गरिरहेको बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि अम्बानी एसियाकै धनी व्यक्तिको सूचीबाट केही खस्किएका हुन् । 

अम्बानीलाई चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले उछिनेका हुन् । ब्लुमबर्ग बिलिनियर इण्डेक्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि अम्बानीको रिलायन्स इण्डस्ट्री पनि खस्किएको हो । 

यही कारण अम्बानी दोस्रो स्थानमा पुगेका छन् । 

कोरोना भाइरसका कारण अलिबाबाले पनि केही मुश्किल सामना गर्नुपरेको थियो तर पछिल्लो समय क्लाउड कम्प्युटिङ्ग र मोबाइल एप्समा माग बढेका कारण कम्पनीको प्रदर्शन राम्रो देखिएको हो । 

एसियाका सबैभन्दा धनी बनेका ज्याक माको सम्पत्ति ४४ दशमलव ५ अर्ब डलर छ, जुन अम्बानीको सम्पत्तिभन्दा २ दशमलव ६ अर्ब डलरले धेरै हो ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया