इराकमा सैन्य शिविरमा आक्रमण, ३ जनाको ज्यान गयो

 फागुन २९, २०७६ बिहीबार ९:९:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इराकको राजधानी बगदाद नजिक रहेको एक सैन्य शिविरमा भएको रकेट आक्रमणमा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

उत्तरी बगदाद नजिक रहेको ताजी सैनिक शिविरमा भएको रकेट आक्रमणमा अन्य १२ जना घाइते भएका छन् । 

ताजी सैनिक शिविरमा अमेरिकी र बेलायती सैनिकले इराकी सुरक्षाबललाई प्रशिक्षण दिँदै आइरहेका छन् ।  

अमेरिकी सेनकाे स्रोतअनुसार आक्रमणमा एक जना अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक जना बेलायती सैनिकको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुलाइएको छ । 

गएको जनवरीमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानका सैनिक कमाण्डर कसिम सुलेमानीको ज्यान गएपछि अमेरिका–इरान तनाव बढिरहेको छ ।  

यो आक्रमण कसले गरेको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । यद्यपि यो आक्रमण इरान समर्थित विद्रोहीहरुले गरेको हुनसक्ने बताइएको छ । 

इराकमा अमेरिकी सैनिकको उपस्थितिलाई इरानले लगातार विरोध गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया