भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ७३ पुग्याे

 फागुन २९, २०७६ बिहिबार १३:५७:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ७३ पुगेको छ । त्यसमध्ये १७ जना विदेशी नागरिक रहेका छन् । 

भारतीय गृह मन्त्रालयका अनुसार केरलमा १७, हरियाणमा १४, महाराष्ट्रमा ११, दिल्लीमा ६ र  उत्तरप्रदेशमा ११ जना सङ्क्रमित भेटिएका छन् । 

त्यस्तै राजस्थानमा तीन, तेलङ्गानामा एक, लद्दाखमा तीन, तमिलनाडुमा एक, जम्मू–कश्मीरमा एक, पञ्जाबमा एक र कर्नाटकमा चार जना कोरोना सङ्क्रमित भेटिएक छन् । 

विदेश भन्त्री एस जयशङ्करले बिहीबार लोकसभामा भन्नुभयाे, ‘कोरोना भाइरस फैलिनु चिन्ताको विषय हो, जिम्मेवारीपूर्वक काम गर्नु जरुरी छ ।’

भाइरसकाे सङ्क्रमण फैलिने क्रम तीव्र बनेपछि भारत सरकारले आउँदो वैशाख ३ गतेसम्मका सबै प्रवेशाज्ञा निलम्बन गरेको छ । स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको सङ्क्रमण रोक्न राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट प्रवेशाज्ञाबाहेकका अरु सबै प्रवेशाज्ञा आउँदो वैशाख ३ गतेसम्मको लागि निलम्बन गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । 

यस्तै प्रवासी भारतीय नागरिकलाई दिइने यात्राको सुविधा पनि आउँदो वैशाख ३ गते सम्मको लागि रोकिएको छ । यो नियम शुक्रबार रातिबाट सुरु हुने छ । आउँदो शुक्रबाारदेखि भारत आउन अनुमति पाएका सबै विदेशीले अनिवार्य १४ दिने क्वारेन्टाइन बस्ने व्यवस्था गरिएको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको कारण विश्वव्यापी महामारी घोषणा गरेलगत्तै अमेरिकाले बेलायतबाहेक युरोपका सबै देशबाट यात्रामा प्रतिबन्ध लगाएको छ भने भारतले पनि प्रवेशाज्ञा निलम्बन गर्ने निर्णय गरेको हो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया