ग्रीसमा रहेका शरणार्थीले घर फर्कन चाहेमा ईयूले २ हजार युराे दिने

 फागुन ३०, २०७६ शुक्रबार ७:१:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युरोपेली सङ्घ (ईयू) ले ग्रीसमा रहेका शरणार्थीले घर फर्कने चाहेमा दुई हजार युरो खर्च दिने घोषणा गरेको छ ।

ईयूको गृह मामिलाका आयुक्त यल्वा जोहानसनले ग्रीसको विभिन्न टापुका शिविरमा रहेका शरणार्थीलाई घर फर्काउन योजनाको घोषणा गरेकाे बीबीसीले जनाएको छ ।

गएको जनवरी १ भन्दा अगाडि शिविरमा पुगेकालाई लागु हुने योजना एक महिनासम्म रहने पनि खबरमा बताइएकाे छ । याे याेजनाबाट झण्डै पाँच हजार जनाले सुविधा लिन सक्ने जनाइएको छ ।

६ हजार जनाका लागि बनाइएको शिविरमा झण्डै ४२ हजार शरणार्थी रहेका छन् । जसमा १४ हजारभन्दा धेरै बालबालिकाहरु रहेको बीबीसीले जनाएको छ ।

शिविरमा महिला तथा बालबालिकाहरु डरलाग्दो अवस्थामा बाँचिरहेका र पानी, शौचालय, बिजुली जस्ता आधारभूत सुविधाबाट पनि बञ्चित भएकाे बताइएकाे छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया