क्यानडेली प्रधानमन्त्रीकी श्रीमतीलाई काेराेना, दुवै जना १४ दिने 'आइसाेलेशन'मा

 फागुन ३०, २०७६ शुक्रबार ९:१४:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे र उनकी श्रीमतीलाई १४ दिने आइसोलेशनमा राखिएको छ ।

प्रधानमन्त्री ट्रुडाेकी श्रीमती सोफीलाई कोरोना भाइरस (काेभिड–१९) भएको पुष्टि भएपछि दुवै जनालाई १४ दिने निगरानीमा राखिएको बीबीसीले जनाएको छ । तर ट्रुडाेमा अहिलेसम्म कुनै सङ्क्रमण नदेखिएकाले उनको कोरोना परीक्षण नहुने बताइएकाे छ । 

यस्तै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोको पनि कोरोना परीक्षण गरिएको छ । अमेरिका पुगेर फर्किएका एक जना सहयोगीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनको पनि परीक्षण गरिएको हो । उनकाे रिपोर्ट भने आउन बाँकी नै छ ।

यसैगरी फुटबल क्लब आर्सनलका प्रबन्धक माइकल आर्टेटा र चेल्सीका खेलाडी क्यालुम हडसन ओडोइलाई पनि कोरोना भएको पुष्टि भएको छ । चेल्सीका खेलाडीमा कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका खेलाडीदेखि प्रशिक्षकसम्मलाई १४ दिने निगरानीमा राख्नुपर्ने प्रिमियर लिग क्लबले जनाएको छ ।

यसैबीच अहिलेसम्म एक सय २७ देशका एक लाख ३४ हजार सात सय दुई जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमितमध्ये ७० हजार तीन सय ८१ जना उपचारपछि निको भएका र ५९ हजार तीन सय ४२ जना उपचाररत छन् ।

काेराेनाका कारण अहिलेसम्म चार हजार ९ सय ७९ जनाको ज्यान गइसकेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया