युनिसेफ भन्छ : बालबालिकालाई भिडभाडबाट टाढै राख्नुस्, साबुन पानीले हात धुन सिकाउनुस्

 फागुन ३०, २०७६ शुक्रबार १०:४४:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय बाल आपातकालीन कोष (यूनिसेफ) ले कोरोना भाइरस (काेभिड–१९) बाट बालबालिकालाई बचाउन विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

युनिसेफले अहिलेसम्मको तथ्याङ्कअनुसार बालबालिकामा सङ्क्रमणको जोखिम कम देखिए पनि बालबालिकाको सुरक्षाका लागि अभिभावक सचेत हुनुपर्ने जनाएको छ । बालबालिकाको नियमित हात धोइदिन, श्वासप्रश्वाससम्बन्धी सरसफाइमा ध्यान दिन, खोप नियमित लगाउन युनिसेफले आग्रह गरेको छ ।

बालबालिकामा रुघाखोकीलगायत श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा लैजान र भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक ठाउँबाट टाढै राख्न अनुरोध गरिएको छ । सामान्य रुघाखोकी देखिए घरैमा मनग्य आराम गराउन र खानपानमा ध्यान दिन पनि युनिसेफले आग्रह गरेको छ ।

बालबालिकामा समस्या नदेखिएमा र विद्यालयबारेकाे निषेधात्मक सूचना जारी नभएको अवस्थामा बालबालिकालाई विद्यालय पठाउनु नै उपयुक्त हुने पनि युनिसेफले बताएको छ । बालबालिकालाई बारम्बार हात धुने, अनुहार सकेसम्म नछुने जस्ता व्यवहार सिकाउन अभिभावकलाई आग्रह गरिएको छ ।

साथै आमाहरुलाई सामान्य रुघाखोकी लागेका शिशुलाई नियमित स्तनपान गराउन र आमा निकै नै अस्वस्थ भए आमाकोे दूध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिने युनिसेफले जनाएकाे छ । सङ्क्रमणको जोखिम भएको बेलामा बालबालिकालाई सकेसम्म यात्रा नगराउन र गराउनै परे सरसफाइ र खानपानमा सचेत हुन युनिसेफले आग्रह गरेको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया