भोजपुरमा ट्र्याक्टर दुर्घटना : सहचालककाे ज्यान गयाे

 चैत १, २०७६ शनिबार ९:५७:२३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भोजपुरमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

दुर्घटनामा आमचोक–९ बोक्सेटारका १८ वर्षीय तेजबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डवकुमार राजवंशीले बताउनुभयो । 
शुक्रबार राति दुम्मानाबाट रानीटार जाँदै गरेको ना ३ त ८७५१ ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेको र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया