भारतमा ट्रली र जीप ठाेक्किदा एकै परिवारका ११ जनाको ज्यान गयो

 चैत १, २०७६ शनिबार १६:०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतको राजस्थान जोधपुरमा ट्रली र जीप ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गएको छ । शनिबार बिहान भएकाे दुर्घटनामा परि ११ जनाको घटनास्थलमै ज्यान गएको र अरु तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरु रामदेवरा दर्शनका लागि गएका थिए । दुर्घटनामा एकै परिवारका ४ जना पुरुष, ६ जना महिला र एक बालककाे ज्यान गएकाे छ । 

घाइतेहरुको जोधपुरको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी दुःख व्यक्त गर्नुभएको थियाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया