भारतमा कोरोनाबाट ज्यान गुमाउने २ जनाकै छाेराछाेरी सङ्क्रमित

 चैत २, २०७६ आइतबार २०:४०:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउने दुई जनाका छोराछोरीमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउने ६९ वर्षीया महिलाको छोरामा भाइरसको सङ्क्रमण पाइएको छ । 

दिल्लीको जनकपुरीमा रहने ४६ वर्षीय व्यक्तिको स्थितिमा सुधार देखिएपछि उनलाई राम मनोहर लोहियाको आईसीयूबाट सफदरजङ्ग अस्पतालको आइसोलेशन वार्डमा सारिएकाे छ । 

ती सङ्क्रमित व्यक्तिले गएको फेब्रुअरी ५ देखि २२ तारिखसम्म इटली र स्विजरल्याण्डको भ्रमण गरेका थिए । 

त्यस्तै कलबुर्गीमा ज्यान गुमाएका ७६ वर्षीय पुरुषको छोरीमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

भारतमा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक सय आठ पुगेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया