इरानमा काेराेना : ज्यान गुमाउनेकाे सङ्ख्या ८ सय ५० नाघ्याे

 चैत ३, २०७६ सोमबार २०:१३:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इरानमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ५३ पुगेको छ । 

पछिल्लो समय इरानमा कोरोना भाइरसबाट सङक्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या तीव्र रुपले बढिरहेको छ । एक सय २९ जना ज्यान गुमाउनेको सङ्ख्या थपिएसँगै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या झण्डै १५ हजार नजिक पुगेको छ । 

चार हजार पाँच सयभन्दी बढी उपचारपछि घर फर्किएका छन् । त्यस्तै एक हजार ५३ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

कोरोनाका कारण इरानमा सर्वोच्च नेताको चुनाव गराउने शीर्ष धार्मिक सङ्गठनका एक ७८ वर्षीय सदस्यको पनि ज्यान गएको छ । 

समाचार संस्था एएफपीका अनुसार इरानमा एकैदिन ज्यान गुमाउनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले भाइरसको सङ्क्रमणलाई गम्भीरतापूर्वक लिन र सकेसम्म यात्रा नगर्न सर्वसाधारणसँग अपिल गरेका छन् ।   

इरानमा गएको फेब्रुअरी १९ मा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको थियो । 

विश्वव्यापी रुपमा फैलिएको भाइरसका कारण अहिलेसम्म ६ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सङ्क्रमण हुनेको सङ्ख्या एक लाख ७४ हजार पुग्दा ७७ हजार बढी उपचारपछि घर फर्किएका छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया