सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि कडा प्रतिबन्ध र अन्य प्रयासहरु भइरहँदा पनि युरोपेली देशहरुमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।
इटलीमा एकै दिन थप तीन सय ४९ जनाले ज्यान गुमाउँदा भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार एक सय ५८ पुगेको छ । सङ्क्रमित हुनेको सङ्ख्या २७ हजार ९ सय ८० पुगेको छ ।
स्पेन, जर्मनी, फ्रान्स, बेलायत, स्विजरल्याण्ड, नेदरल्याण्ड, नर्वे लगायतका देशमा ज्यान गुमाउने र नयाँ सङ्क्रमित थपिने क्रम बढिरहेको छ । युरोपियन युनियन (ईयू) ले सबै सदस्य देशहरुमा नाका बन्द गर्ने घोषणा गरेको छ ।
बेलायतमा सबैलाई सामाजिक जीवनबाट टाढा बस्न भनिएको छ भने फ्रान्सले पनि सबैलाई घरमै बस्न र पारिवारिक जमघट समेत नगर्न भनेको छ । जर्मनीले पसल तथा सामाजिक ठाउँहरु बन्द गराएको छ ।
त्यस्तै युरोप बाहिरका देशमा पनि कोरोनाको सङ्क्रमण बढेसँगै कडा प्रतिबन्धहरु लगाइएका छन् । अमेरिकाले १० जनाभन्दा धेरै मानिस भेला हुन रोक लगाएको छ भने रेस्टुरेन्ट, होटल तथा भिडभाडमा नजान सबैलाई अनुरोध गरेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका एक सय ६२ देशमा पुगेको छ । मङ्गलबार बिहानसम्म एक लाख ८२ हजार चार सय १२ जनामा सङ्क्रमण भएकोमा ७९ हजार सय ११ जना सङक्रमित उपचारपछि निको भएका छन् । ज्यान गुमाउनेको सङख्या सात हजार एक सय ५७ पुगेको छ ।
यसैबीच अमेरिकामा मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु गरिएको छ । उच्च प्रविधिको प्रयोग गरेर बनाइएको खोप ४५ जना स्वस्थ मानिसमा प्रयोग थालिएको बीबीसीले जनाएको छ । तर खोपले काम गर्ने वा नगर्ने बारेमा थाहा पाउन अझै केही महिना लाग्ने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।