कोरोना प्रभावित देशहरु सङ्क्रमण रोक्नेसँगै आर्थिक प्याकेजकाे तयारीमा

 चैत ५, २०७६ बुधबार ६:२३:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस (कोभिड–१९) काे सङ्क्रमणबाट निम्तिएकाे आर्थिक सङ्कट टार्न विभिन्न देशले विशेष प्याकेजहरु घोषणा गरिरहेका छन् ।

अमेरिकाले झण्डै एक ट्रिलियन डलर बराबरको सहायता प्याकेजको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले परिवार र व्यवसायका लागि सहयोग गर्ने कार्यक्रम घोषणा गरेका छन् । युरोपियन युनियन (ईयू) ले पनि सबै गैरआवासीय यात्रामा प्रतिबन्ध लगाउँदै सदस्य राष्ट्रहरुमा राहतको प्याकेज चाँडै तयार हुने बताएको छ ।

चीनले यसअघि नै आफ्नो देशमा माहामारी नियन्त्रण नजिक रहेको भन्दै उत्पादन र अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम घोषणा गरिसकेको छ । सङ्क्रमण फैलिएका देशहरुले माहामारी नियन्त्रणका कार्यक्रमसँगै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न नदिने विशेष कार्यक्रमहरु पनि घोषणा गरिरहेकाे बीबीसीले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । एक लाख ९८ हजारभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएकोमा साढे ८१ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।

सात हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ । इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, बेलायत, नेदरल्याण्ड, स्विजरल्याड, जर्मनी लगायतका देशहरुमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया