काेराेना भाइरस : पछिल्लाे २४ घण्टामा ८ सयभन्दा धेरैकाे ज्यान गयाे

 चैत ५, २०७६ बुधबार ६:५२:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने तीव्र रुपमा फैलिरहेको छ । 

चीनमा पछिल्लो २४ घण्टामा चीनमा कसैमा पनि सङ्क्रमण देखिएको छैन र ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको छैन । कोरोनाका कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको ज्यान गएको छ ।

सङ्क्रमण देखिएका ८० हजार आठ सय १ मध्ये ६ हजार सात सय २४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै उपचार गराइरहेका आठ हजार ९ सय ३१ जनामध्ये तीन हजार दुई सय २६ जनाको अवस्था गम्भीर छ । 

चीनबाहिर पछिल्लाे २४ घण्टामा आठ सय तीन जनाकाे ज्यान गएकाे छ भने १५ हजार सात सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । 

चीनपछि सबैभन्दा धेरै इटलीमा ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ । भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच सय तीन पुगेको छ । भाइरसको सङ्क्रमण देखिएका ३१ हजार पाँच सय ६ जनामध्ये झण्डै तीन हजार जना उपचारपछि निको भएका छन् । 

इरानमा पनि पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको ज्यान गएको छ । इरानमा भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८८ पुगेको छ ।  

एक लाख ९८ हजारभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएकोमा साढे ८१ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । सात हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ ।

इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, बेलायत, नेदरल्याण्ड, स्विजरल्याड, जर्मनी लगायतका देशहरुमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया