कोरोनाको कहर : सडकहरु सुनसान

 चैत ५, २०७६ बुधबार ८:२०:३८ | एजेन्सी
unn.prixa.net

चीनकाे वुहान शहरकाे एक सडककाे दृश्य

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को फैलँदो सङ्क्रमणको कारण निकै चहलपहल रहने विश्वभरिका विभिन्न ठाउँ सुनसान देखिएका छन् । 

कोरोनाबाट बच्न केही ठाउँमा सरकारी आदेशका कारण मानिसहरु बाहिर निस्किएका छैनन्, केही ठाउँका मानिसहरु भने सावधानीपूर्वक घरमै बस्न रुचाइरहेका छन् ।

यो भेनुजुएलाको शहर कराकस हो । मानिसहरु कोरोना भाइरसको सङ्क्रमणबाट बच्न घरमै बसिरहेका छन् । 

यो बेलायतको मिलेनियम ब्रिज हो । सामान्यतया यहाँ निकै भिड हुने गर्दथ्यो तर कोरोनाका कारण यो अहिले सुनसान छ । 

फ्रान्समा मङ्गलबारदेखि आवत जावतमा कडा प्रतिबन्ध लगाइएसँगै देखिएको दृश्य हो यो । 

विदेशीहरुलाई भिसा दिन बन्द गरिएपछि दुबई एक ठाउँ र सबै लोकप्रिय ठाउँलाई पनि बन्द गरिएको छ । 

यो इटलीको मिलान शहर हो । पूरै इटलीमा खाद्यान्न र औषधिजन्य पसलबाहेक अन्य बजार र पसल बन्द छन् । मानिसहरुलाई आवत जावत गर्न प्रतिबन्ध लगाइएको छ । 

दिल्लीमा पर्यटकहरुबीच लोकप्रिय सबैजसो ऐतिहासिक स्थल बन्द गरिएको छ । तस्बिरमा देखिएको ठाउँ सफदरजङ्गको हो । 

अमेरिकाको न्युयोर्क शहरमा पनि विद्यालय, रेस्टुरेन्ट, बार र सबै सार्वजनिक ठाउँ बन्द गरिएको छ । 

यो तस्बिरमा देखिएको ठाउँ स्पेनको हो, जहाँ आर्मी इमरजेन्सी युनिटका सैनिक देखिएका छन् । पूरै स्पेनमा मानिसहरुलाई आवत जावत गर्न प्रतिबन्ध लगाइएको छ । 

अस्ट्रिया सरकारले पाँच जनाभन्दा बढी मानिसको भिडमा प्रतिबन्ध लगाएपछि देखिएको राजधानी भियना । 

लेबनानमा कोरोना भाइरसका कारण मेडिकल इमरजेन्सी घोषणा गरिएपछि प्रायजसो ठाउँमा तीन चार जना मानिस मात्र देखिन थालेको छ ।   

तस्बिर : एजेन्सी 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया