'दक्षिण–पूर्वी एसियामा काेराेना सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न आवश्यक'

 चैत ५, २०७६ बुधबार ९:५४:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एसियामा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न आवश्यक रहेको बताएको छ ।

यसअघि कोरोना माहामारीको केन्द्र युरोप भएको बताएको डब्ल्यूएचओले एसिया पनि सङ्कटमा पर्दै गएको भन्दै दक्षिण–पूर्वी एसियामा तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने बताएको बीबीसीले जनाएको छ । नेपाल सहित एसियाका थाइल्याण्ड, इन्डोनेसिया, भारत, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश र भुटानमा कोरोनाकाे सङ्क्रमण यसअघि भेटिएकाले रोकथामको लागि तत्काल कदम चाल्न डब्ल्यूएचओले चेतावनी देएको हो ।

अहिलेसम्म दक्षिण–पूर्वी एसियाका आठ देशमा काेराेनाकाे सङ्क्रण देखिएकाे छ । नेपालमा एक जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भए पनि उनी पूरै निको भएकाे पनि डब्ल्यूएचओले जनाएको छ ।

त्यस्तै थाइल्याण्डमा एक सय ७७, इन्डाेनेसियामा एक सय ३४, भारतमा एक सय २५, श्रीलङ्कामा १९, माल्दिभ्समा १३, बङ्गलादेशमा पाँच र भुटानमा एक जनामा सङ्क्रमण देखिएकाे छ । 

'सङ्क्रमण फैलिने क्रम तीव्र बनेकाे छ । थप अन्य व्यक्तिमा सङ्क्रमण हुन नदिन तत्काल पहल गर्नुपर्छ', विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक डाक्टर पूनम क्षेत्रपाल सिंहले भनिन् । 

यसैबीच युरोपियन युनियन (ईयू) ले आफ्नो सदस्य राष्ट्रबाहिरका देशहरुको लागि ३० दिनको प्रतिबन्ध लगाएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको सङ्क्रमण चीनमा नियन्त्रणतिर गइरहेकाे बेला विश्वका अरु देशमा फैलने क्रम तीव्र बनेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

अहिलेसम्म एक सय ६५ देश एक लाख ९८ हजार चार सय २२ जनामा सङ्क्रमण भएकोमा ८२ हजार सात सय ६२ जना उपचारपछि निको भएका छन् । सात हजार ९ सय ८७ जनाको ज्यान गइसकेको छ ।  

विस्तृतमा जान्न यहाँ क्लिक गर्नुस् 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया