'मनकारी' गाउँपालिका : एसईई दिन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्‍याइँदै

 चैत ६, २०७६ बिहीबार १३:३८:१७ | रासस
unn.prixa.net

स्याङ्जा – फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्‍याइदिन सुरु गरेको छ । 

गाउँपालिकाले बिहीबार बिहादेखि निःशुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्‍याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।   

काेराेना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यान दिँदै सरकारले बुधबार साँझ बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका ५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई बिहीबार बिहानदेखि घर पुर्‍याउन यातायातको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यस पटकको एसईई परीक्षामा देशभर कुल चार लाख ८२ हजार सात सय ७ जना विद्यार्थी सहभागी हुने जनाइएको थियो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया