निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड दिइयो

 चैत ७, २०७६ शुक्रबार ६:२९:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । निर्भया बलात्कार काण्डका दाेषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरलाई झुण्ड्याएर मृत्युदण्ड दिइएकाे हाे । 

दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छिन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो । 

जेलका अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘चारै जनालाई एकैसाथ मृत्युदण्ड दिइयो ।’

दोषीहरुले मृत्युदण्ड पाइसकेपछि निर्भयाका बुवाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समयसम्म पर्खन नपरोस् ।’

सात वर्षसम्म चलेकाे लामाे कानुनी लडाइपछि दाेषीहरुलाई सजाय दिइएकाे हाे । यसअघि पटक पटक मृत्युदण्डकाे मिति सारिँदै आएकाे थियाे । 

घटना के थियो ?

सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए । 

चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए । 

एक जना अपराधी, जो घटना हँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो । उनको नाम खुलाउन सकिँदैन । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो । 

अहिले उनी वयस्क भइसकेका छन् तर नियमका अनुसार उनको सजाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन् किनकि बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • महेन्द्र बोगटी

    March 21, 2020, 3:20 a.m.

    बलात्कार र हत्या गर्ने सबै लाई नेपालमा पनि फाँसी को सजाय अनिवार्य गर्नुपर्छ।

  •  0 Reply
  • Rajendr prasad sharma

    March 20, 2020, 2:32 p.m.

    Thanks. बलात्कार, हत्या र बच्चा बेखबिखन गर्ने सबैलाई नेपालमा फाँसी अनिवार्य गर्नुपर्छ /

  •  0 Reply
  • BAIJU PATEL

    March 20, 2020, 9:29 a.m.

    नेपालमा पनि यस्तै कानून हुनुपर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया