श्रीलङ्कामा ६० घण्टे कर्फ्यु आदेश

 चैत ७, २०७६ शुक्रबार १२:१७:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – श्रीलङ्कामा शुक्रबार बेलुका ६ बजेदेखि आउँदो सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । 

आउँदो वैशाख १३ गते तय भएको संसदीय चुनाव स्थगित गरिएको भोलिपल्ट सरकारले कर्फ्यु लगाउन आदेश जारी गरेको हो । यसअघि राष्ट्रपति गोताबाया राजपक्षले चुनाव सार्नुको पछाडि कुनै कारण नभए पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने डरले चुनाव सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

राष्ट्रपति राजपक्षले दुई तिहाइ बहुमतले संसद्मा जित्ने अपेक्षा गरेका छन्, जसले उनलाई संविधान परिवर्तन गर्ने अनुमति दिन्छ । 

पछिल्ला केही दिनमा श्रीलङ्कामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको दरमा वृद्धि देखिएको छ । पछिल्लो तीन दिनमा सङ्क्रमितको सङ्ख्या दुई गुणाले बढेको हो । 

श्रीलंकामा ६० जनामा कोरोना संक्रमण भएकोमा ३ जना उपचारपछि निको भएका र अहिले ५७ जना उपचाररात रहेका खबरमा उल्लेख छ । 

श्रीलङ्काको सरकारी मेडिकल अफिसर्स एसोसिएशनले श्रीलङ्कामा कोरोना भाइरसको सङ्क्रमण इटलीको भन्दा खराब हुनसक्ने चेतावनी दिएका छन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया